मनोरञ्जन

‘ए मेरो हजुर ३’ को लिरिकल गीत सार्वजनिक

Banner

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ को लिरिकल गीत सार्वजनिक गरिएको छ । प्रताप दासको आवाजमा रहेको ‘सत्य भन्छु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रवि मल्लका शब्द छन् भने कल्याण सिंहको संगीत छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल केसी, सलोन बस्नेत, सुहाना थापा, अर्पण थापा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा सुहाना र अनमोलको जोडी देख्न सकिनेछ ।

आउँदो शुक्रबारबाट रिलिज हुने यो फिल्ममा झरना थापाको निर्देशन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>