Breaking News

माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्‍यो भने कांग्रेसको सरकार बन्छः महामन्त्री कोइराला

Banner

काठमाडौ, वैशाख ६-

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले एमालेभित्रको माधव नेपाल पक्षले संसदमा फ्लोर क्रस ग¥यो भने कांग्रेसको सरकार बन्ने बताएका छन् ।

नेविसंघको ५२ औं स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहयोग गरेमा नयाँ सरकार बन्ने बताएका हुन् ।

‘कर्णालीमा माधव नेपाल र झलनाथ खनाल पक्षले फ्लोर क्रस गरेका छन्। केन्द्रमा पनि उनीहरूले फ्लोर क्रस गरे भने हाम्रो नेतृत्वमा सरकार बन्छ,’ महामन्त्री कोइरालाले भने। उनले ओली सरकारलाई अपदस्त गर्नुपर्ने बताए। ‘अहिलेको सरकारलाई हामी अपदस्त गर्नैपर्छ,’ उनले भने, ‘हुन त जसपा ओलीसँग नजिक भएका छन् ।’ उनले देउवालाई सरकार बनाउन पहल गर्न पनि आग्रह गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>