Breaking News

विश्व क्रिकेटमा वैभव सूर्यवंशीको तहल्का : तोडे एकपछि अर्को कीर्तिमान

०
Banner

काठमाडौं, मंसिर ८ –

वैभव सूर्यवंशीले जनवरी २०२४ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए भने सोही वर्षको पछिल्लो समय सिनियर घरेलु सीमित ओभरको (ह्वाइट बल) क्रिकेटमा पाइला टेके।

सन् २०२६ मा भारतको बेलायत भ्रमणका क्रममा उनले पहिलो अन्तर्राष्ट्रिय खेल खेले। यी किशोर ब्याटरले अहिलेसम्म तोडेका कीर्तिमानहरूको विवरण यस प्रकार छ :

 लिस्ट ए  क्रिकेटमा सबैभन्दा छिटो शतक र दोहोरो शतक

सूर्यवंशीले जेक फ्रेजर-म्याकगर्कको कीर्तिमान तोड्दै मात्र २८ बलमा लिस्ट ए क्रिकेटकै सबैभन्दा छिटो शतक प्रहार गरे। भारत ए ले यूएईविरुद्ध २५० रनको लक्ष्य पछ्याउने क्रममा एसिया कप राइजिङ स्टार्सको खेलमा उनले यो कीर्तिमानी शतक बनाएका हुन् ।

यससँगै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन र दोहोरो शतक बनाउने कीर्तिमान उनकै नाममा दर्ता भएको छ।

पुरुष टी-२० इतिहासकै सबैभन्दा कान्छा कप्तान

इन्दोरमा सम्पन्न सैयद मुश्ताक अली ट्रफी २०२६-२७ को पहिलो खेलमा सौराष्ट्र‌विरुद्ध बिहारको कप्तानी गर्दै मैदान उत्रिंदा सूर्यवंशी १५ वर्ष २३२ दिनका थिए। योसँगै उनी पुरुष टी-२० क्रिकेट इतिहासकै सबैभन्दा कान्छा कप्तान बने। उनले १७ वर्ष ३११ दिनको उमेरमा राष्ट्रिय टोलीको नेतृत्व गरेका क्रोएसियाका ज्याक भुकुसिकको कीर्तिमान भङ्ग गरे।

आईपीएलमा रेकर्ड

आफ्नो चौथो टी-२० खेलमै सूर्यवंशीले आईपीएल २०२५ मा राजस्थान रोयल्सका तर्फबाट गुजरात टाइटन्सविरुद्ध १७ बलमै अर्धशतक पूरा गरे र त्यसपछि ३५ बलमा शतक प्रहार गरे। यो आईपीएल इतिहासकै दोस्रो सबैभन्दा छिटो शतकसमेत थियो। यस इनिङ्‌ससँगै उनी पुरुष टी-२० मा अर्धशतक र शतक बनाउने तथा आईपीएलमा अर्धशतक र शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बने।

लिस्ट ए क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी (१४ वर्ष २७२ दिन)

विजय हजारे ट्रफी २०२५-२६ को आफ्नो पहिलो खेलमै सूर्यवंशीले ८४ बलमा १९० रनको विस्फोटक इनिङ्स खेल्दै लिस्ट ए क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने कीर्तिमान रचे। राँचीमा अरुणाचल प्रदेशविरुद्ध बिहारले ६ विकेट गुमाएर ५७४ रन बनाउँदा उनले मात्र ३६ बलमा शतक पूरा गरेका थिए भने ५९ बलमा १५० रन पार गरेका थिए (जुन पुरुष लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १५० रनसमेत हो)।

टी-२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का (५१४ बल र २९ इनिङ्स)

१५ वर्षकै उमेरमा पनि सूर्यवंशी छक्का प्रहार गर्न माहिर साबित भएका छन्। उनले टी-२० क्रिकेटमा सबैभन्दा कम ५१४ बल र २९ इनिङ्‌समै १०० छक्का पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन्। इनिङ्‌सको हिसाबले अस्ट्रियाका करनवीर सिंह दोस्रो स्थानमा छन् (३३ इनिङ्स र ८१३ बल) भने सामना गरेको बलका आधारमा बेल्जियमका साबेर जाखिल दोस्रो स्थानमा छन् (६९९ बल)।

लिस्ट ए  क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक (११ बल)

राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि (अनक्याप्ड खेलाडीका रूपमा) आफ्नो अन्तिम इनिङ्समा सूर्यवंशीले २१ वर्ष पुरानो कीर्तिमान तोड्दै मात्र ११ बलमा लिस्ट ए क्रिकेटकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरे। जुन २०२६ मा श्रीलंका ए विरुद्धको त्रिकोणात्मक शृङ्खलाको फाइनलमा भारत ए ले ९ विकेटमा ३७७ रन बनाउँदा उनले २९ बलमा ९४ रन जोडेका थिए।

टी(२० क्रिकेटमा सबैभन्दा छिटो १,००० रन (४७३ बल)

आईपीएल २०२६ मा सनराइजर्स हैदराबादविरुद्ध राजस्थान रोयल्सका लागि मात्र ३७ बलमा १०३ रन बनाउने क्रममा सूर्यवंशीले आफ्नो टी(२० करियरमा १ हजार रन पूरा गरे। उनले मिचेल ओवेनको ५३३ बलको कीर्तिमान भङ्ग गर्दै मात्र ४७३ बलमै यो उपलब्धि हासिल गरे। यस क्रममा उनी टी-२० क्रिकेटमा १ हजार रन बनाउने सबैभन्दा कान्छा खेलाडीसमेत बनेस यसअघि १८ वर्षको उमेर नपुग्दै कसैले पनि यो आँकडा छुन सकेका थिएनन्।

आईपीएलमा सबैभन्दा छिटो १,००० रन (४४० बल)

त्यसको केही खेलपछि गुजरात टाइटन्सविरुद्धको दोस्रो क्वालिफायरमा ४७ बलमा उत्कृष्ट ९६ रन बनाउँदै सूर्यवंशीले आईपीएलमा १ हजार रन पूरा गरे। उनले मात्र ४४० बलमा यो कोशेढुङ्गा पार गर्दै आन्द्रे रसेलको ५४५ बलको अघिल्लो कीर्तिमान तोडेका हुन्।

एकै टी-२० प्रतियोगितामा सर्वाधिक छक्का (आईपीएल २०२६ मा ७२ छक्का))

कुनै एक प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान तोड्न सूर्यवंशीलाई आईपीएलको एक पूर्ण सिजन नै पर्याप्त भयो। आईपीएल २०२६ मा सामना गरेका ३२७ बलमा उनले ७२ छक्का हिर्काउँदै कुल ७७६ रन बनाए र ओरेन्ज क्याप समेत हात पारे। गेलले आईपीएल २०१२ मा ४५६ बल खेल्दै ५९ छक्का प्रहार गरेका थिए।

पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी (१५ वर्ष ११८ दिन)

बेलायत भ्रमणमा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत केही कठिन भए तापनि सूर्यवंशीले जिम्बावेविरुद्ध १८ बलमै अर्धशतक प्रहार गर्दै पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी बन्ने कीर्तिमान रचे।

प्लेयर अफ द म्याचु अवार्ड जित्ने दोस्रो कान्छा खेलाडी (१५ वर्ष १२१ दिन)

जिम्बावेविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ४९ बलमा ८१ रन जोडेपछि सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो ुप्लेयर अफ द म्याचु पुरस्कार जिते। १५ वर्ष १२१ दिनको उमेरमा यो पुरस्कार पाउँदै उनी म्याच अवार्ड जित्ने दोस्रो कान्छा खेलाडी बने। यसअघि डिसेम्बर २०२२ मा क्यामरुनविरुद्ध टी-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दा सियरा लियोनका अलुसिन तुरे १५ वर्ष ७४ दिनको उमेरमा -२० बलमा ३३ रन तथा २४ रन खर्चेर २ विकेट) सबैभन्दा कान्छा अवार्ड विजेता बनेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्लेयर अफ द सिरिज  जित्ने सबैभन्दा कान्छा खेलाडी (१५ वर्ष १२१ दिन)

जिम्बावेविरुद्ध भारतले ३-० ले टी-२० शृङ्खला जित्दा सूर्यवंशीले १९६.१० को स्ट्राइक रेटमा १५१ रन बनाउँदैप्लेयर अफ द सिरिजको उपाधि पाए। अन्तर्राष्ट्रिय क्रिकेटमा यो अवार्ड जित्ने यसअघिकी सबैभन्दा कान्छी खेलाडी भारतीय महिला टोलीकी शेफाली वर्मा (१५ वर्ष २९६ दिन) थिइन् भने पुरुष क्रिकेटतर्फ यो कीर्तिमान अफगानिस्तानका रहमानुल्लाह गुरबाज(१७ वर्ष ३०० दिन) को नाममा रहेको शियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>