चितवन विशेष

चितवनले काठमाण्डौँलाई दियो २०५ रनको विशाल लक्ष्य

०
Banner

काठमाडौं, मंसिर २-

ओपनर कमिल मिसाराको शतक र कप्तान रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौ गोर्खाजलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रनको विशाल योगफल तयार पारेको हो।

जारी एनपीएलमा बनेको यो तेस्रो ठुलो योगफल हो। यसअघि पोखरा एभेन्जर्सले काठमाडौविरुद्ध २ सय २४ र कर्णालीविरुद्ध २ सय १७ रनको विशाल योगफल बनाएको थियो। तेस्रो विकेटका लागि कमिल मिसारा र कप्तान रवि बोपाराले १ सय ५४ रनको साझेदारी गरेपछि चितवनले विशाल योगफल तयार पारेको हो।

ओपनर मिसाराले सर्वाधिक १ सय २० रनको योगदान दिए। यो सगँै एनपीएल इतिहासमा व्यक्तीगत सर्वाधिक स्कोर बनाउने मिसारा पहिलो खेलाडी बने। गत सिजन कर्णाली याक्सका मार्क वाट ११४ रनमा अविजित रहेका थिए। १८ औँ ओभरमा उनले ५३ बलमा ४ चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे। जारी एनपीएलमा शतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णाली याक्सविरुद्ध शतक पूरा गरेका थिए।

कप्तान रविले करियरको ५ सयौँ खेलमा अर्धशतक पूरा गरेका हुन्। उनी ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५३ रन बनाउँदा रसिद खानको बलमा बोल्ड आउट हुन पुगे।
ओपनर देव खनाल १७ रन बनाउँदा करण केसीको बलमा रासिद खानको हातबाट क्याच आउट हुन पुगे। डेविड मलान विना रन पेभेलियन फर्के। विवेक यादवले ८ रन बनाउँदा रासिद खानको बलमा सोनु देवकोटाको हातबाट क्याच आउट भए। काठमाडौका लागि करण केसी र रासिद खानले समान २ विकेट लिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>