देश/प्रदेश

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

०
Banner

तस्बिरः हेमन्त केसी, नेपाल न्यूज बैंक

सुर्खेत ,कात्तिक ७ –

चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।

मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन्। बाली भित्र्याउने दिन नजिकिँदै गर्दा खेतबारीमा आशा, खुसी र मेहनतको मीठो प्रतिफल झल्किन थालेको छ । केही दिनभित्रै किसानहरू पाकेको धान भित्र्याउन व्यस्त हुनेछन् ।

पहाडको हरियाली र खेतको सुनौलोपनबीच सजिएको वीरेन्द्रनगर उपत्यकाको यो दृश्यले प्रकृतिको सुन्दरता मात्रै होइन, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको कथा पनि सुनाइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>