देश/प्रदेश
गोरखाको आरुघाट क्षेत्रमा बाढीको असर, धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
०

काठमाडौं असोज २९-
प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ ।
असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ ।
असोज २५ गते बिहान ५ः३० बजे बाढीका कारण आरुघाट गाउँपालिका वडा नं- २, ३ र वडा नं- ९ नयाँपुल क्षेत्र प्रभावित भएको छ । सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड हाल पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























