अन्तर्राष्ट्रिय
नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त
०

काठमाडौं, भदौ १०-
नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ ।
दूतावासले कठिन यस घडीमा बाढीबाट प्रभावित नेपाली नागरिकप्रति आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो । दूतावासले बाढीका कारण बहुमूल्य जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित, बेपत्ता तथा आफन्त गुमाएर शोकमा रहेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
दूतावासले विपद्को यस कठिन समयमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै प्रभावित सबैको सुरक्षा तथा उद्धारका लागि प्रार्थना गरेको छ ।
तस्विरः एआई
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























