देश/प्रदेश

काठमाडौं महानगरले ४ वटा एम्बुलेन्स नुवाकोट पठायो

Banner

काठमाडौं, भदौ १० –

बुधबार विहान भोटेकोशी नदीमा आएको ठूलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठूलो क्षति भएको अवस्था व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ ।

बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ । २ वटा एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने र घाइते विरामीहरुका लागि आवश्ययकता अनुसार औषधि उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।

महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरु आवश्यकता अनुसार प्रदान गरिनेछ । सामान तथा औषधि अपुग हुने देखिएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरेर उपलव्ध गराउने समितिले निर्णय गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>