देश/प्रदेश

गण्डकी प्रदेशका एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

Banner

पोखरा, भदौ १०-

गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।

राजीनामा दिनुहुनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की रहनुभएको छ ।

एमाले प्रदेश संसदीय दलको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि चार जना मन्त्रीले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा दिनुभएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>