देश/प्रदेश
पर्यटकीयस्थलमा विद्युत् सुविधा विस्तार
०

म्याग्दी, साउन ३०-
अन्नपूर्ण गाउँपालिका–८ स्थित र्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ ।
मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























