देश/प्रदेश

कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ?

Banner

कर्णाली, साउन१६ –

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले स्याउ विकास बोर्ड खै भन्दै प्रदेश सरकारलाई प्रश्न गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको २४औँ बैठकको शून्य समयमा प्रदेशसभा सदस्य शाहीले स्याउ विकास बोर्ड नीति तथा कार्यक्रम र बजेटबाट हराएको आरोप लगाउनुभयो । बिगतमा स्याउ विकास बोर्डको विषयलाई लिएर सदन अवरुद्ध समेत भएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णप्रसाद चालिसेले दैलेखमा देखिएको बाँदर आतङ्क नियन्त्रण गर्न, प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले सल्यानमा सिंचाईको व्यवस्था गरेर कृषकमा आशा जगाउन तथा प्रदेशसभा सदस्य लक्ष्मी सुनारले खानेपानी तथा सिंचाईले जनजीवनमा पारेको प्रभावबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले समितिको वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका सभापति बिन्दमान विष्टले लेखा समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही साउन २० गते बुधबार दिउसो ३ः०० बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>