देश/प्रदेश

दाङमा ‘सूचना प्रविधि मेला’

Banner

दाङ, साउन १६ –

‘कोड फर चेन्ज दाङ’को आयोजनामा शुक्रबारदेखि यहाँ तीनदिने सूचना प्रविधि मेला सुरु भएको छ । मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गर्नुभयो ।

नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले सूचना प्रविधि र सञ्चार क्षेत्र एकअर्काका परिपूरक रहेका उल्लेख गर्दै डिजिटल युगमा सिर्जना हुने प्रविधिले समाजलाई सही दिशामा लैजानुपर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङसहित विभिन्न जिल्लाका कलेजमा सूचना प्रविधि आईटी अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल सामान तथा नवीन प्रविधिमा आधारित आइडियाको प्रतिस्पर्धा हुने कोड फर चेन्ज दाङका अध्यक्ष जगदिश ओलीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>