देश/प्रदेश

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

Banner

भद्रपुर (झापा), साउन १३ –

झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन् । गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३७ एबी ५८५९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त खैरो हिरोइन बरामद गरेको थियो ।

बरामद लागुऔषध र मोटरसाइकलसहित फारुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>