फोटो फिचर

माइती घर डुबान रोक्न ढल सफाइ र मर्मत सुरू

Banner

काठमाडौँ, १३ साउन –

माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम थालिएको छ ।

सडक डिभिज काठमाडौँले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बुधबारदेखि ढल निकासको भित्रि अवस्था पहिचान थालेको हो । यसका लागि बुधबार नेपाली सेनाको मुख्यालयको गेटमा डोजर लगाएर ढलको जमिनमाथिको सतह भत्काइएको छ ।

भत्काएर फोहोर सफा गर्ने, साँघुरो भएको ठाउँलाई बढाउने काम गरिने डिभिजन प्रमुख सुवोध देवकोटाले बताए । अहिले समस्या नदेखिएको ठाउँमा ड्रेनलाई भविष्यमा पनि सफा गर्न मिल्ने गरेर तयार पारिने उनको भनाइ छ । ‘हामीले भित्र अवस्था कस्तो छ भनेर खोलेर हेर्छौं । अवरोध रहेछ भने सफा गर्छौं । छैन भने अहिले नभएर भएन । पछि हुनसक्ने भएकाले ड्रेनलाई पछि पनि सफा गर्न मिल्ने बनाउँछौँ,’ उनले भने । फोहोर जम्मा भएर रहन नदिन आरसीसीको व्यवस्थित ढल बनाउने योजना रहेको सुनाए ।

नेपाली सेना, थापाथली क्याम्पस, तथ्यांक विभागसँग समन्वय गरेरै डुबानको समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

माइती घर डुबान भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो । उक्त समितिको प्रतिवेदनले ढलको पाइप एकातर्फ ठूलो र अर्कोतर्फ साँघुरो भएर, टुकुचा खोलाको सतह बढ्दा पानी सडकमा फर्किएको, कंक्रिट भवन बनेकाले जमिनले पानी सोस्न नपाएको कारणले माइती घर डुबान भएको औंल्याएको थियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>