स्वास्थ्य
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
०

काठमाडौँ, साउन १३ –
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिनुभयो ।
उपचारमा संलग्न चिकित्सककाअनुसार उहाँको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























