देश/प्रदेश

स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

Banner

काठमाडौं, साउन ४ –

स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका(४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>