चितवन विशेष
टीभीएसको नयाँ ‘अपाचे आरटीआर १६० फोर भी’ चितवनमा सार्वजनिक

चितवन, असार २९-
टीभीएस मोटर कम्पनीले चितवनको बजारमा नयाँ ‘टीभीएस अपाचे आरटीआर १६० फोर भी’ मोटरसाइकल सार्वजनिक गरेको छ ।
चितवनको होटल सिद्धार्थमा आज आयोजित कार्यक्रममा कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो । कम्पनीका अनुसार अपाचे आरटीआर १६० फोर भीमा यस सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर एलईडी हेडल्याम्प, ३७ एमएम यूएसडी (अपसाइड–डाउन) फ्रन्ट सस्पेन्सन र पाँच इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ। मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइड मोड उपलब्ध छन् । १५९ दशमलव ७ सीसी क्षमताको इन्जिन रहेको यस मोटरसाइकलमा पाँच स्पिड गियरबक्स, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा डुअल–च्यानल एबीएस सुरक्षा प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले स्पोर्ट मोडमा अधिकतम १७.५५ पीएस शक्ति र अर्बन तथा रेन मोडमा १५.६४ पीएस शक्ति उत्पादन गर्छ ।
कार्यक्रममा भरतपुरका लागि जगदम्बा मोटर्स प्रालिका आधिकारिक बिक्रेता आर्यन मोबाइल्सका सञ्चालक भीमसेन श्रेष्ठ र सरोज अर्यालले अपाचे ब्रान्डले नेपालका युवा राइडरमाझ प्रदर्शन, शैली र प्रविधिका कारण बलियो पहिचान बनाएको बताउनुभयो । उहाँहरूले नयाँ मोडलका आधुनिक प्रविधि र विशेषताले राइडिङ अनुभवलाई अझ सुरक्षित, सहज र रोमाञ्चक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
जगदम्बा मोटर्स प्रालिका प्रिमियम सेल्स हेड बिपिन बोगटीले अपाचे ब्रान्डले १५ वर्षभन्दा बढी समयदेखि नेपालसहित ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी राइडरको विश्वास जित्दै आएको उल्लेख गर्दै नयाँ अपाचे आरटीआर १६० फोर भीले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मी, चितवन अटोमोबाइल रिकन्डिसन व्यवसायी सङ्घका अध्यक्ष दीपक खड्का, चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसी लगायतले शुभकामना मन्तव्इ राख्नुभयो । जहाँ टीभीएसका प्रतिनिधि तथा विभिन्न शोरुम र अटोमोबाइल व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार नयाँ टीभीएस अपाचे आरटीआर १६० फोर भी म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ । यसको एक्स–शोरुम मूल्य रु चार लाख २९ हजार ९०० तोकिएको छ । हाल चयन गरिएका डिलरमार्फत बिक्री सुरु गरिएको यो मोटरसाइकल जुलाई महिनाभित्र देशभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ ।

























