चितवन विशेष

चितवनको भरतपुरमा खुल्यो इन्दिरा सेक्युरिटिजको शाखा

Banner

चितवन, असार २३–

चितवनमा इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले शाखा कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिका–१०,स्थित होटल सिराईचुली अगाडी सञ्चालनमा आएको यस शाखाको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले समुद्घाटन गरे ।

स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा सहज पहुँच पुर्‍याउन यो शाखा संचालन ल्याईएको इन्दिरा सेक्युरिटिजका अध्यक्ष राकेश शिरिषले जानकारी दिए ।

छ। यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ) मार्फत सेयर खरिद–बिक्रीसमेत गर्न सक्ने व्यवस्था गरिएको इन्दिरा सेक्युरिटिजका बोर्ड निर्देशक विष्णुकुमार गिरीले जानकारी दिए ।
काठमाडौंको सुन्धारबाट सुरू भएको इन्दिरा सेक्युरिटिजको हालसम्म उपत्यका बाहिर ३ शाखा विस्तार गरिएको छ । नेपालमा ९३ वटा ब्रोकर रहेका छन् ।

उद्घाटन समारोहमा भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष परमेश्वर खनाल, उद्योग संघ चितवनका प्रतिनिधिलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>