चितवन विशेष

रास्वपाको महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था प्रतिनिधिले आफैँ गर्नुपर्ने

Banner

चितवन, असार २–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफैँ गर्नुपर्ने भएको छ । महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै व्यहोर्नुपर्ने जनाएको छ ।

रास्वपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

‘आवासको व्यवस्था प्रतिनिधिहरूले आफैँ गर्नुपर्छ । हामीले होटल व्यवसायीसँग समन्वय गरेर एक हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका कोठाको दर तय गरेका छौँ,’–गौतमले भने ।
केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधिमध्ये करिब ४० प्रतिशतले होटल बुक गरिसकेका छन् । जिल्ला र प्रदेश तहको प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएपछि करिब तीन हजार पाँच सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ । चितवनमा असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>