देश/प्रदेश

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

Banner

नेपालगन्ज, असार २-

बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपद् कोष सञ्चालन गरेका छन् ।

विपद् कोषमा, नेपालगन्ज उपमहानगरपालिकाले रु एक करोड २८ लाख कोहलपुर नगरपालिकाले रु १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाले रु ८१ लाख १० हजार, जानकी गाउँपालिकाले रु १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाले रु १० लाख, राप्तीसोनारी गाउँपालिकाले रु दुई लाख ७३ हजार, नरैनापुर गाउँपालिकाले कोषमा रु पाँच लाख जम्मा गरेका छन् ।

स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विनोद चौधरीले नरैनापुरमा पटक पटक आगलागी र डुबानको समस्या हुने गरेको बताउनुभयो ।

बाँकेमा विपद् पूर्वतयारीका लागि आवश्यक सामाग्री भण्डारण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले, बाँकेले जनाएको छ । बाढी वा आगलागीका घटनामा परेकालाई उद्धारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोटसहितका जनशक्ति राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>