देश/प्रदेश

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

Banner

सुर्खेत,असार २

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कर्णाली ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार २४.३१ प्रतिशत, पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार ५८.३१ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार ९१५.६७ प्रतिशत० रुपैयाँसहितको बजेट पेस गरेका हुन् ।

कर्णाली सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ ।

संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५अर्ब ६७ करोड २५ लाख रुपैयाँ अनुदान कर्णाली सरकारलाई प्राप्त भएको मन्त्री शाहले बताए । आगामी वर्ष समपूरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदान ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने जनाइएको छ ।

मुलुक संघीयतामा गए पछिको पहिलो वर्ष आर्थिक वर्ष २०७४र०७५ मा जम्मा १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको कर्णाली सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै गए पछि खर्च क्षमता भने बढाउन सकेको छैन ।

आर्थिक वर्ष ०७५र०७६ मा कर्णालीले २८ अर्ब २८ करोड २८ लाखको बजेट ल्याएको कर्णाली सरकारको आर्थिक वर्ष ०७६÷०७७ मा आकार बढेर ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार पु¥यायो । आर्थिक वर्ष ०७७\०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको कर्णाली सरकारले आर्थिक वर्ष ०७८र०७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको थियो ।

आर्थिक वर्ष ०७९र०८० मा अघिल्लो आर्थिक वर्षको भन्दा घटाएर ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजारको बजेट बनाएको प्रदेश सरकारले आर्थिक वर्ष ०८०र०८१ मा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको थियो ।

आर्थिक वर्ष ०८१र०८२ मा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको सरकारले चालु आर्थिक वर्ष ०८२र०८३ मा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि तुलनामा ७.२८ प्रतिशतले बजेट बढाएर ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>