राजनीति

मेयर बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा

Banner

काठमाडौं,असार ४-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।

आज पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् । मंगलबार काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

चर्का नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेन शाहको ज्यादतीविरुद्ध उत्रिएको बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>