खेलकुद

किन दुई पछि मात्रै स्वदेश फर्किदै छन् सन्दीप ?

Banner

काठमाडौं, असार ६-

नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पीनर सन्दीप लामिछाने दुई दिनपछि नेपाल फर्किने भएका छन् । टी-२० विश्वकपमा सहभागी भएर सबै राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएपनि सन्दीप दुई दिनपछि मात्रै नेपाल फर्किने भएका छन् ।

हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर टिम फर्किएको हो । हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको समूहमा कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायत थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ ।तर, सन्दीपसँग भने अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडाबाट आउने छ । दुई दिनपछि उनी आइपुग्ने बताइएको छ । यस्तै प्रशिक्षक मोन्टी देशाईँ पनि आएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>