Breaking News

सन्दीपलाई विश्वकप खेलाउन क्यानको आकस्मिक बैठक बस्दै

Banner

काठमाडौँ, जेठ २–

उच्च अदालतले सफाई दिएपछि क्रिकेट सन्दीप लामिछानेलाई आगामि टि–२० विश्वकप खेलाउन नेपाल क्रिकेट संघ (क्यान)को आकस्मिक बैठक बस्ने नभएको छ ।

सन्दीपलाई विश्वकप टोलीमा समावेश गर्नेबारे क्यानले आज नै बोर्डको बैठक बस्न लागेको हो । बैठकले सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । संघका केन्द्रीय सदस्य दुर्गा पाठकले भने, ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ।’

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । नेपाली टोली अहिले तयारी स्वरुप वेष्टइण्डिजमा स्थानीय टिमसंग अभ्यास खेल खेल्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>