चितवन विशेष

बाराही जंगल लजले गर्‍यो चितवन निकुञ्ज क्षेत्रमा सरसफाइ

Banner

चितवन,बैशाख २७-

बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।

लजबाट ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

लजले यस खालको सरसफाइ हरेक वर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) विधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ ।

हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रूपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ । चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थीममा बनेको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ,भालु, गोही लगायत विभिन्न प्रजातीका जरायो र पंछीहरू रमाएको दृश्यावलोकन गर्न सकिन्छ ।

सन् २०१३ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>