अन्तर्राष्ट्रिय

‘मृत्युको गुफा’ जहाँ अत्यधिक मात्रामा कार्बन डाइअक्साइड हुँदा छिर्ने जो कोही मर्छन्

Banner

कोस्टा रिका, वैशाख २६-

कोस्टा रिकाको भेनेसिया डे सान कार्लोसमा रहेको द रेक्रेयो टुरिस्ट कम्प्लेक्समा एउटा सानो गुफा रहेको छ । यहाँ जोकोही पनि पस्ने प्राणी मर्ने हुँदा यसलाई ‘मृत्युको गुफा’ भनेर चिनिन्छ ।

पोआस ज्वालामुखीको किनारामा रहेको ला कुएभा डे ला मुएर्टे मात्र २ मिटर गहिरो र ३ मिटर लामो रहेको छ । यो किरा, चरा र साना जनावरका लागि ओत लाग्न सजिलो ठाउँ हो । तर, यसको आवरणले धोका दिन सक्छ । किनभने यहाँ छिर्ने जोकोही एकै छिनमा पर्नेछ ।

सामान्य तरिकाले हेर्दा यो गुफा त्यति खतरनाक देखिँदैन । तर, यो घातक कार्बन मोनोअक्साइडले भरिपूर्ण छ । यसको उदाहरण दिनका लागि स्थानीय गाइडले गुफामा बलिरहेको आगो छिराउँछन्, लगत्तै त्यो निभ्छ । किनभने त्यहाँ अक्सिजन हुँदैन र अत्यधिक मात्रामा कार्बन डाइअक्साइड रहेको छ ।

मृत्युको गुफामा कसरी यति धेरै कार्बन डाइअक्साइड निर्माण हुन्छ त रु केही अध्ययनकर्ताहरूका अनुसार त्यहाँ रहेको खनिज र उच्च तापक्रमले यस्तो भएको हो । वैज्ञानिकहरूका अनुसार गुफामा हरेक घण्टा ३० केजी कार्बन डाइअक्साइड निर्माण भइरहन्छ ।

यो गुफा घातक रहेको द रेक्रेयो टुरिस्ट कम्प्लेक्सको निर्माणको क्रममा पत्ता लागेको थियो । एक कामदार गुफाको नजिक पुग्दा बिरामी भएपछि यसबारे अध्ययन सुरु भएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>