राजनीति
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
०

काठमाडौं, वैशाख २६-
इलाम- २ मा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।
आज एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।
यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए ।