चितवन विशेष

विकास निर्माणका अवरोध हटाउँदै वडाध्यक्ष काफ्ले, पाँच घरका अवैध संरचना भत्काइयो

Banner

चितवन, वैशाख २६-

भरतपुर महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले विकास निर्माणका अवरोध हटाउन केन्द्रित भएका छन् । नगर प्रहरीको सहयोगमा मंगलवार पाँच वटा घरको अवैध संरचना भत्काइएको छ ।

छ मिटर कायम गरिएका सडक अधिकार क्षेत्रमा परेका गेटसहितको पर्खाल हटाइएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । उनका अनुसार नमुना टोलस्थित छ मिटर सडकमा परेका शान्ति पण्डित, पञ्च लामा, सरोज कार्की र लालबहादुर क्षेत्रीको घरको पर्खाल नगर प्रहरीको सहयोगमा डोजर प्रयोग गरी भत्काइएको हो ।

त्यस्तै, दीपज्योती टोलस्थित संगिता सुवेदीको घरको पर्खाल भत्काइएको उनले बताए । ‘हामी समृद्ध महानगर बनाउने अभियानमा छौँ । सडक विस्तारसँगै सडक अधिकार क्षेत्रमा परेका जो कोहीका संरचना हटाउनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौँ’, वडाध्यक्ष काफ्लेले भने, ‘विकास निर्माणका क्रममा कोहि कतैबाट अवरोध हुनुहुँदैन । विकास सबै महानगरबासीको लागि आवश्यक पनि छ ।’

भरतपुर महानगरपालिका नगर प्रहरी प्रमुख कृष्णहरी ढकालले सडकमा परेका संरचना हटाउन पटक–पटक ताकेता गर्दा पनि नहटाइएको भन्ने खबर प्राप्त भएपछि सामान्य बल प्रयोग गरी पर्खालहरु भत्काइएको बताए । ‘उहाँहरुले अटेरी गरेपछि हामी आएर भत्काउन बाध्य भयौँ । यो महानगर प्रहरीको जिम्मेवारीमा पर्ने काम हो’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>