अन्तर्राष्ट्रिय
आर्थिक वर्ष २०२३-२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु
०
याङ्गुन (म्यान्मा), वैशाख २५-
म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।
आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।
यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ । म्यान्माकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>