काठमाडौँ

वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, भरतपुर अझै सफा हुन सकेन

Banner

काठमाडौं, वैशाख २५-

हल्का वर्षासँगै काठमाडौं उपत्यकामा प्रदूषण कम भएको छ । वातावरण विभागको मंगलबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार काठमाडौंका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम मापन भएको छ ।

ललितपुरको भैँसेपाटी क्षेत्रमा भने सो समय एक्यूआई १६६ छ । सोमबार २४ घण्टाको औसत एक्यूआई १८१ सम्म पुगेको विभागको तथ्यांक छ ।

यस्तै, एक साताअघिसम्म उच्च प्रदूषित रहेको कास्कीको पोखरा मंगलबार सफा भएको छ । त्यहाँको एक्यूआई मंगलबार बिहान ४६ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थकर वायु रहेको अवस्था हो ।

डढेलोका कारण उच्च प्रदूषित बनेको चितवनको भरतपुरमा प्रदूषण कम भए पनि अझै सफा हुन सकेको छैन । भरतपुरमा मंगलबार सो समय एक्यूआई ९८ छ । म‌गलबार उपत्यकापछि मुगुको राराक्षेत्र बढी प्रदूषित देखिएको छ, त्यहाँ मध्याह्न १२ बजे एक्यूआई १११ पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । यसको प्रभावस्वरुप मंगलबार दिउँसो र राति सुदूरपश्चिमबाहेक सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>