समाचार

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

Banner

भक्तपुर, वैशाख २५-

भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।

५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रुपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण ढिलो गरि अगाडी बढेको छ ।

२०७४ को  निर्वाचनपश्चात भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकोमा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

थन्थु दरबार भत्काउन १३ लाख ३८ हजार रूपैयाँमा लगत इस्टिमेट भएकोमा ११ लाख ५१ हजार रूपैयाँमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।

यो दरबार पुन: निर्माणमा १२ करोड ८५ लाख ३४ हजार रूपैयाँ लागत अनुमान स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा ४ करोड ७२ लाख रूपैयाँ बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै १ करोड ५८ लाख रूपैयाँको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>