समाचार

ग्वार्को आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा मृत्यु

Banner

काठमाडौं, वैशाख २५–

ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ ।

पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ ।

केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>