अन्तर्राष्ट्रिय

युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता टुङ्गो लागेन

Banner

इजरायल, वैशाख २४-

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ । इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो । वार्ता बिथोलिनुमा दुवैले एकअर्कालाई आरोप लगाएका बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासका नेताका कारण वार्ताले गति नलिएको आरोप लगाउनुभयो । गाजामा युद्धविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यले मध्यस्थकर्ताको पहलमा इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो ।

यसैबीच वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट आक्रमण भएको छ । गाजा क्षेत्रबाट भएको आक्रमणमा आफ्ना तीन सैनिक मारिएका र केही घाइते भएका इजरायलले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>