देश/प्रदेश

प्रचण्डले सरकारी कामकाजको भाषाको रूपमा प्रयोग हुने तामाङ र नेपाल भाषा गरे शुभारम्भ

Banner

काठमाडौं, वैशाख २४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषाको रूपमा प्रयोग हुने तामाङ र नेपाल भाषा शुभारम्भ गरेका छन् । अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो। तर, बागमती प्रदेशमा आज (सोमबार) देखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौंको बसन्तपुरमा आज (सोमबार) भएको कार्यक्रममा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>