देश/प्रदेश

नबिल बैंकबाट एक करोड बढी चोरी, बिहान ४ बजे नै बोरामा पैसा हालेर बेपत्ता

Banner

काठमाडौँ, वैशाख १८–

पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको छ ।

सोमबार बिहानीपख चार बजेतिर बैंकबाट रकम चोरी भएको हो ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए ।
चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।

५\६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>