चितवन विशेष

पार्टी स्थापनाको हिरक वर्षको अवसरमा एमाले चितवनका अग्रजहरुलाई सम्मान गरिँदै

Banner

चितवन, वैशाख १८ –

चितवनमा भूमिगतकालिन राजनीति गरेका एमालेका अग्रज नेताहरु सम्मानित हुने भएका छन् ।

एमाले चितवनको आज सम्पन्न अग्रज सम्मान उपसमिति बैठकले ११ औं जिल्ला अधिवेशन एवम् पार्टी स्थापनाको हिरक वर्षमा अग्रजहरुलाई सम्मान गर्न लागेको हो ।

जेठको १०, ११ र १२ गते हुन लागेको अधिवेशनमा सम्मान उपसमितिका संयोजक एवम् पार्टी जिल्ला उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्व र पार्टी जिल्ला अध्यक्ष एवम् अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामप्रसाद न्यौपानेको विशेष उपस्थितिमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । सम्मान उपसमिति संयोजक न्यौपानेका अनुसार भूमिगतकालमा भूमिगत भएका पार्टी नेताहरुलाई आश्रय दिने सेल्टरदाताहरुको व्यक्तिगत विवरणसहितको नामावली संकलन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी भूमिगत भएका नेताहरुको व्यक्तिगत विवरण र नामावली संकलन गर्ने लगायतका निर्णय भएका छन् ।

अधिवेशनमा भूमिगतकालीन अवस्थामा भूमिगत रहेका नेता, उनीहरुलाई आश्रय दिने सेल्टरदाता लगायतलाई सम्मान गरिने न्यौपानेले जानकारी दिए । नेकपा एमालेले प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । चितवनको अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति लगायतका उपसमिति बनाइएको छ । यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>