राजनीति

इलाममा जित्न सकिएन, सिक्न सकियोः रवि लामिछाने

Banner

काठमाडौं,बैशाख १८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको बताएका छन् ।उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन् । “जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।

इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए । उनले निर्वाचित भएका नेकपा ९एमाले० का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>