Breaking News

इलाम–२ मा सुहाङलाई २ हजार बढी मतको अग्रता

Banner

इलाम, वैशाख १७-

इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडा गनिसकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>