चितवन विशेष

चितवन रोटरी क्लबद्वारा खेलकुद तथा शैक्षिक सामग्री बितरण

Banner

चितवन, वैशाख १२-

चितवन रोटरी क्लबले आधारभूत विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

रोटरी क्लब अफ चितवनको ३३ औं स्थापना दिवसको अवसरमा सोमबार भरतपुर महानगरपालिका–१७ श्रीआधारभूत विद्यालय लगौंटालाई क्लबले खेलकुद तथा शैक्षिक सामग्री बितरण गरेको हो ।

क्लबका अध्यक्ष चन्दे्रश्वर भट्टराईको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयलाई ब्याग, शैक्षिक तथा खेलकुद सामग्री ५५ हजार ८०५ रुपैयाँ बराबरको बितरण गरिएको क्लबले जनाएको छ । यस कार्यक्रमले आरसीसी भिलेजअन्र्तगतका छात्रछात्रालाई शिक्षा तथा खेलकुदको विकासमा निकैनै सघाउ पुगेको कुरा विद्यालयका प्रधानाध्यापक रोमकान्त पौडेलले बताए । उक्त शैक्षिक सामग्री कक्षा ६–८ सम्ममा अध्यनरत ५५ विद्यार्थीलाई उपलब्ध गराइएको छ ।

सोही कार्यक्रममा रोटरीको चार सुत्रीय कसी दुई थान विद्यालयको लागि उक्त विद्यालयका प्रधानाध्यापक पौडेललाई र भरतपुर महानगरपालिका १७ का वडा अध्यक्ष ललितमान तामाङलाई वडा कार्यालयमा रहने गरी हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा क्लबको तर्फबाट प्रथम महिला स्पाउस रमा भट्टराई, प्रथम उपाध्यक्ष रामचन्द्र अधिकारी, सर्जेन्ट–एट–आर्म मनोज बर्नवालको उपस्थिति रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>