राजनीति

चुलाचुलीको अन्तिम चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम जाँदै

Banner

काठमाडौं, वैशाख १२-

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जानेभएका छन् । अध्यक्ष ओली अपराह्न १२ बजे जहाजबाट भद्रपुर झरेर इलाम जाने कार्यक्रम रहेको हो ।

बैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको लागि आज एमालेले चुलाचुलीमा आयोजना गर्न लागेको अन्तिम चुनावी सभा हो ।

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । जहाँ एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>