Breaking News

भरतपुरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Banner

चितवन, वैशाख १०-

चितवनको भरतपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सोमबार साँझ ७ बजे भरतपुर महानगरपालिका ३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना ६५ प ६२०६ नम्वरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने ६० वर्षिय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका ३ का ३३ वर्षिय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर ९ बसन्तचोकका ४९ वर्षिय सन्तोष बुर्लाकोटी घाइते भएका छन । घाइते दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>