चितवन विशेष

नेताहरु गैरजिम्मेवार रुपमा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष सिंह

Banner

चितवन,बैशाख २१-

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरु गैरजिम्मेवार रुपले पैसा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ । शुक्रवार निर्माण व्यवसायी संघ चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरुले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेका बताउनुभएको हो । उहाँले नेताहरु चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रुपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले नेताहरु नसुध्रिइकन नेपाली जनताले सुख नपाउने बताउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरु आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रुपमा प्रश्तुत भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले हामीले निर्माण उद्योगलाई कसरी अगाडी बढाउने, निर्माण उद्योगीहरुलाई कसरी बढी क्षमतावान बनाउने कुरामा भन्दापनि सरकारले गरेको गलत निर्णयहरु, कर्मचारीले गरेको गलत निर्णयहरुमा नै समय खर्चिनुपरेको अवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>