खेलकुद

नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप पनि गुमायो

Banner

काठमाडौं, बैशाख ०८-
नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ ।

योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यसअघि ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउण्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले तीव्र गतिका बलर अजिज खानलाई समान दुई चौका र छक्कासहित कुल २० रन जोडेका थिए ।

अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल ०, आसिफ शेख ५, सोमपाल कामी १२, रोहित पौडेल २१, सन्दीप जोरा २२, कुशल मल्ल १३, गुलशन झा ६ र करण केसीले ३ रनमा आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

नेपालले पहिलो सेमिफाइनल खेलमा युएई ६ विकेटले पराजित हुँदै एसिया कप खेल्ने अवसर गुमाएको थियो । हङकङ सेमिफाइनल खेलमा ओमानसँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपाल समूह ए मा सबै चार खेलमा जितका साथ समूह विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । हङकङ समूह ए बाट नै २ खेलमा जितका साथ नेटरनरेटमा कतारलाई पछि पारेर खेलेको थियो ।

एसिया कपमा पुग्न आइतबार फाइनलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले भने अव घरेलु मैदानमा वेस्टइन्डिज ए सँग पाँच टी२० खेल खेल्नेछ । पहिलो खेल अर्को शनिबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>