Breaking News

लगानी सम्मेलनमा भरतपुरको नगर वनमा आइसल्याण्ड रिसोर्ट बनाउने प्रस्ताव लगिँदै

Banner

चितवन, वैशाख ५-

सरकारले गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भरतपुरको नगर वन क्षेत्रमा आइसल्याण्ड रिसोर्ट बनाउने प्रस्ताव लगिने भएको छ ।

यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा हुने सम्मेलनमा भरतपुरमा बन्ने रिसोर्टसहित ३१ वटा परियोजना सरकारले छनोट गरेको हो ।

केही समयअघि भरतपुरमा गरिएको प्रस्तुति अनुसार सो रिसोर्ट नारायणी किनारको नगरवन क्षेत्रमा बनाउने प्रस्ताव गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विकास थापाले नगरवन क्षेत्रमा वाटरपार्कसहित रिसोर्ट बन्न लागेको बताए । उनले भने, ‘ केही समय अगाडि १० अर्ब लगानीमा नगरवनमा रिसोर्ट बनाउने प्रस्तावसम्बन्धी योजना हेरेको हो । सरकारले सोही रिसोर्टलाई लगानी सम्मेलनमा प्रस्ताव गरेको हो भने त्यो एकदमै सकारात्मक विषय हो । नगर वन भन्दा तल बन्ने यो रिसोर्ट बन्नुपर्छ भन्ने पक्षमा हामीहरु छौं । नेपाल उद्योग वाणिज्य संघले यसमा अग्रसरता लिइरहेको छ । यसको लगानी बढेर ३० अर्ब पुगेको भन्ने सुनेको छु । ’ उनले अहिलेको नगरवनमा रहेको विपी पार्कलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको पार्क बनाइने प्रस्ताव रहेको बताए । पर्यटन प्रवद्र्धनमा यो रिसोर्ट बनाउन सके अत्यन्त फलदायी हुने उनले जानकारी दिए । समुन्द्री किनारमा रहेका रिसोर्टको झल्को दिने यो रिसोर्टमा नारायणीमा जलयात्रा गर्न, पर्यटकहरु बस्न र घुमफिर गर्न सक्नेछन् ।

सरकारले आफैँ लगानी गर्न नसक्ने भएकोले भरतपुरको नारायणी किनारमा बन्ने आइसल्याण्ड रिसोर्टमा लगानी गर्नको लागि विदेशी लगानीकर्ता सामु प्रस्ताव लगिन लागेको हो । त्यसैगरी सगरमाथा क्षेत्रमा १० वटा लक्जरी होटल बनाउने प्रस्ताव पनि लगानी सम्मेलनमा लगिने भएको छ । सम्मेलनमा विश्वभरका एक हजार भन्दा बढी लगानीकर्ताहरुको उपस्थिति रहने सरकारको अपेक्षा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>