Breaking News

अन्तर प्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

Banner

चितवन, वैशाख १–
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो । गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.१ ओभरमा १६० रनमै अलआउट भयो । मधेशका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले ३.१ ओभरमा मात्र १८ रन खर्चिदै महत्वपूर्ण ६ विकेट लिए । अंकित न्यौपानेले २, कमल परियारले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीले ८ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । करन पंगेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए ।

मधेशका लागि विशाल पटेलले ३, रुपेश सिंह र रञ्जित कुमारले समान २ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>