चितवन विशेष

रत्ननगरमा लागुऔषधबारे सचेतना दिन तीन दिने अनुशिक्षण

Banner

चितवन, चैत २९-

रत्ननगर नगरपालिकामा लागूऔषधबारे सचेतना दिइएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरको समन्वयमा लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगरका वडा नम्बर १, ९ र १० मा लागुऔषध दुव्र्यसनको बारेमा सचेतना गराएको हो ।
कार्यक्रममा लागुऔषधको वर्तमान अवस्था र सजगता सम्बन्धी तीन दिने अनुशिक्षण दिइएको छ । चैत २७ गतेबाट सञ्चालित उक्त अनुशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १, ९ र १० का टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम केसीले लागुऔषधको कुलतमा पर्नाका कारण र त्यसबाट जोगिनका लागि अभिभावकको भूमिकालगायत लागुऔषधको वर्तमान अवस्थाका सम्बन्धमा अभिमुखीकरण गराएका छन् ।
कार्यक्रममा रत्ननगर–१ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले लागुऔषधको वर्तमान अवस्थालाई न्यूनीकरण गर्न स्थानीय सरकार र प्रहरीसँगको समन्वयमा लाइसियम स्कुलले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा टोलस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरी वडालाई लागुऔषध मुक्त बनाउने प्रयास गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष कलाधर पौडेलले अहिले एकले अर्कालाई दोषारोपण मात्र गर्ने गरेको, मैले के गरेँ भन्दा पनि के पाएँ भन्ने गरेको, अर्काको बिग्रेकोमा खुसी मान्ने प्रथा बढ्दै गएकोले विभिन्न अपराधिक क्रियाकलाप बढ्दै गएकोमा लागुऔषधको दुव्र्यसनसमेत बढेकोले अब हामी सबैले सोच बदल्ने, सकारात्मक सोच्ने खालका कार्यक्रमको आवश्यकता रहेको बताउँदै लाइसियम स्कुलले लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष अनन्त अधिकारीले नगरपालिका र वडा कार्यालयले आयोजना गर्नुपर्ने विभिन्न सचेतनामूलक कार्यक्रम लाइसियम स्कुलले सञ्चालन गरी समाजलाई सुसुचित बनाउन विगत देखिनै विभिन्न कार्यक्रम सञ्चालन गरी उत्कृष्ट ढंगले सामाजिक उत्तरदायित्व बहन गरिरहेकोले आफू अत्यन्त प्रभावित भएको र आगामी दिनमा लाइसियम स्कुलसँग समन्वय गरी ९ नम्बर वडामा टोल स्तरमै लागुऔषध सम्बन्धी वृहत् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तीन दिवशीय कार्यक्रममा लागुऔषध दुव्र्यसनको वर्तमान अवस्था र सजगताका सम्बन्धमा लाइसियम स्कुलका प्रबन्ध निर्देशक सन्तोष पन्तले सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>