इच्छकामना

चितवनको मायाटारमा बिजुली बल्यो,गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन

Banner

चितवन, चैत २४–

इच्छाकामना गाउँपालिका–२ को मायाटारमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्र र इच्छाकामना गाउँपालिकामा विपन्न परिवारलाई मिटर बक्स, केबल र एमसीसी बितरण गरेर विद्युत् सेवाको सुचारु गरिएको हो । विद्युत् सेवा पुग्न बाँकी रहेका मायाटार, रमाइलो डाँडा, तेर्से गाउँ, डाँडा गाउँ, हेप्चे र घुर्केसलगायतका १०० घर बढीमा बिजुली पुगेको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले नारायणी अनलाइनलाई बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ,नेपाल विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष पञ्चबहादुर चेपाङलगायतले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटर बक्स, कबललगायत आवश्यक उपकरण निःशुल्क बितरण गरेका छन् । अब इच्छाकामना गाउँपालिका–१ को करिब २०० घरमा विद्युत् सेवा पुगेपछि गाउँपालिकाको सबै घरमा विद्युत् सेवा पुग्छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा बिजुली बाल्ने काम गरिने अध्यक्ष गुरुङले जानकारी दिए । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले विजुली बलेपछि वडा नम्वर २ का वासिन्दा खुसी भएको बताए । उनले पालिकाका बाँकी क्षेत्रमा पनि विद्युतिकरणका काम तीब्र पारिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>