Breaking News
नयाँ रेकर्ड राखेको सुन प्रतितोला एक लाख ३० हजारमा कारोबार
०

काठमाडौं, चैत १६-
नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा २ हजार एक सय रुपैयाँले बढेको सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।