Breaking News

भरतपुर दुर्घटना अपडेटः घाइतेको अवस्था खतरामुक्त

Banner

चितवन,चैत १५-

चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा आज बिहान भएको दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।
दुर्घटना गम्भीर घाइते भएकाहरुको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–१४ की ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी गम्भीर घाइते भएका थिए। उनीहरुको टाउको, अनुहार तथा हातमा चोट लागे पनि अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जनाकारी दिए।

अस्पताल प्रशासनको भनाई उद्धृत गर्दै भण्डारीले भने, ‘बिहान अस्पताल आइपुग्दासम्म ४ जनाको अवस्था गम्भीर थियो। उपचार पछि उहाँहरु सबै खतरामुक्त हुनुहुन्छ। भित्री चोट नदेखिएका कारण आँत्तिनुपर्ने अवस्था छैन।’दुर्घटनामा ८ जना घाइते भएका थिए। गम्भीर घाइते बाहेक तीन जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल मध्यम घाइते भएकी छिन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ भने भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ, भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकाल सामान्य घाइते भएका हुन्। घाइतेहरुको भरतपुरकै चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए।

मुग्लिन–नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान ट्राफिक प्रहरीले झापाबाट काठमाण्डौं जाँदै गरेको बस जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाँदा दुर्घटना भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>