चितवन विशेष

माओवादी केन्द्र भरतपुर महानगर इन्चार्जमा निशा न्यौपाने

Banner

चितवन, चैत १४-

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्जमा निशा न्यौपाने चयन भएकी छन् ।

पार्टीले केन्द्रीय सदस्य रहेकी न्यौपानेलाई महानगरको इन्चार्जको जिम्मेवारी दिएको हो । पार्टीको विधानअनुसार जिल्ला र महानगरको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यबाट तोक्ने व्यवस्था छ ।

माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीअनुसार बागमती प्रदेशमा रहेको विशेष कमिटीले न्यौपानेलाई इन्चार्जको जिम्मेवारी दिएको हो । भरतपुर महानगरपालिका–१३ मा जन्मिएकी न्यौपाने बेपत्ता समाज चितवनकी अध्यक्ष हुन् । विद्यार्थीकालदेखि राजनीतिमा लागेकी उनी विद्यार्थी संगठनको जिल्ला सचिव र उपाध्यक्ष, महिला संगठन केन्द्रीय सचिवालय सदस्य रहेर काम गरिसकेकी छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी पनि न्यौपानेले पाएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>